image
image

आईपीओमा १० कित्ताको प्रावधान हटाउन गृहकार्य शुरु

काठमाडौँ १८ फागुन। सेयर बजार सहभागितामूलक बनाउन नियामक नेपाल धितोपत्र बोर्डले लागू गरेको १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान पुनरावलोकन हुने  भएको छ । आईपीओमा १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान हटाउनका लागि गृहकार्य शुरु भएको हो ।
 
नेपाल धितोपत्र बोर्डमा प्रवक्ता निरज गिरीले पहिले नै १० कित्ताको प्रावधान दीर्घकालका लागि नभएको उल्लेख गरिएको जानकारी दिँदै सेयर बजार सहभागितामूलक बनाउन नियामक नेपाल धितोपत्र बोर्डले लागू गरेको १० कित्ता सेयरमा आवेदन दिन पाउने प्रावधान पुनरावलोकन गर्न लागिएको बताए ।
२०७५ चैत २७ गतेदेखि लागू गरिएको न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था हटाउन छलफल भईरहँदा निम्न आयस्रोत भएका लगानीकर्तालाई भने असर पर्ने देखिन्छ । त्यस्तै प्राथमिक सेयर निष्काशन (आईपीओ) मा लगानीकर्ताहरुको आकर्षण पनि घट्ने अनुमान गर्न सकिन्छ ।              
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।