image
image

सुनजस्तो देखिने पहेंलो धातुसहित विमानस्थलबाट एक जना पक्राउ 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङजा चापाकोट नगरपालिका ६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम धातु बरामद गरेको छ ।हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको धातु सहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको हो । 

रानालाई बारमद धातु सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।