देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ८, चैत । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ४४ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ४९५ जनाको पिसिआर गर्दा ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित छन्।
४८१ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको मृत्यु भएको छ।









