image

८ महिनामा करिब ३१ अर्बको मोबाइल फोन नेपाल भित्रिए

८ महिनामा करिब ३१ अर्बको मोबाइल फोन नेपाल भित्रिए

काठमाडौँ, ८, चैत ।  चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन भित्रिएको छ । 

२०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागको तथ्याङक अनुसार चालु आवको फागुन मसान्तसम्ममा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । उक्त मूल्य बराबरको ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ । 

यस्तै, भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्स ९युएई०बाट १९ करोड ५५ लाख ६४ हजार रुपैयाँ, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार रुपैयाँ, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ, जापानबाट ४ करोड २४ लाख ३० हजार रुपैयाँ, हङकङबाट ३ करोड ६ लाख ३१ हजार रुपैयाँ, दक्षिण कोरियाबाट १ करोड ३६ लाख ११ हजार रुपैयाँ, कतारबाट २ करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।सो अवधीसम्ममा सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो । सो मूल्यमा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल सेट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Bvucgf

sildenafil citrate 50mg - <a href="https://bestusasild.com/">sildenafil drug</a> order viagra 150mg for sale

Ngtrar

budesonide oral - <a href="https://tadalafde.com/">order cialis pills</a> purchase disulfiram pill

Zvrtoy

sildenafil 50mg tablet - <a href="https://xnolvadex.quest/">tamoxifen pill</a> ivermectin 12mg online

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।