image
image

अब एनटिसी बाट नागरिक एप नि:शुल्क चलाउन सकिने 

काठमाडौँ १८ फागुन- अब  नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा डेटा शुल्क नलाग्ने भएको छ । टेलिकमले आफ्नो नेटवर्कबाट नागरिक एप प्रयोग गर्दा शुल्क नलाग्ने गरी सिस्टममा एकीकृत गरेको हो ।
सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ ल्याइएको उक्त एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्‍याउन  सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो ।तर, नेपाल टेलिकमले परिपत्र जारी हुनु अगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

नेपाल टेलिकमले  माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा आफ्नो नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको भएपनि एनसेल र स्मार्ट टेलिकमले भने यस विषयमा हालसम्म कुनै जानकारी दिएका छैनन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।