ताप्लेजुङमा आगलागीबाट ४० घर जले
काठमाडौँ १८ फागुन- ताप्लेजुङ भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्। ताप्लेजुङको दोभान बजारमा भएको उक्त घटनाको क्षेति अझै बढ्ने सम्भावना रहेको बताईएको छ । आगो नियन्त्रणमा आउन नसक्दा क्षेति बढ्ने अनुमान गरिएको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो। ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार अहिले एउटा दमकलले मात्रै आगो निभाइरहेको बताइन उनले पाँचथरको दमकल आइपुग्न लागेको जानकारी पनि दिएकी छन् । त्यस्तै आगलागीको घटनामा कुनै मानवीय क्षति भने भएको छैन।