अबको एक सातामा बंगलादेशसँग किनेको युरिया मल नेपाल आइपुग्ने
काठमाडौं । नेपाल सरकारले जीटुजी प्रक्रियामार्फत बंगलादेशसँग किनेको युरिया मल अबको एक सातामा नेपाल आइपुग्ने भएको छ । ५० हजार मेट्रिक टन युरिया मलमध्ये २२ हजार ५ सय मेट्रिक टन मल कोलकाता बन्दरगाह आइपुगेको छ ।
कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३/४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ ।
नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।
पहिलो चरणमा २२ हजार ५ सय मेट्रिक टन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेट्रिक टन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेट्रिक टन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले बताएको छ ।