image
सोमपाल कामीको उत्कृष्ट बलिङ

सोमपाल कामीको उत्कृष्ट बलिङ

काठमाडौँ, ४, चैत ।  आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अहिले नेपाल र युएईबीच खेल भइरहेको छ।दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएईविरुद्ध नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरेका छन्।उनले सुरुवाती १० ओभरमा युएईको ३ विकेट लिएका छन्।

खेलमा करण केसीले पनि एक विकेट लिएक छन्। उनले असिफ खानलाई २ रनमा आउट गरे।ओपनर मोहमद वासीमलाई २१ रन, चिराग सुरीलाई ६ रन र वृत्य अरविन्दलाई ३ रनमा सोमपालले आउट गरे।

युएईले ११ ओभरमा ४ विकेट गुमाउँदा ३७ रन मात्र जोडेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युएईविरूद्ध खेलिरहेको हो।।

घरेलु टिम युएई, नेपाल र पपुवा न्युगिनीबीचको यो त्रिकोणात्मक सिरिजमा युएई र नेपालले विजयी सुरूवात गरिसकेका छन्। दुवैले पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको पपुवा न्युगिनीलाई पराजित गरे। 

दुई टिमबीच एकदिवसीय खेलमा अहिलेसम्म चार खेलमा प्रतिस्पर्धा भएको छ। चार मध्ये दुवै टिमले दुईदुई खेलमा जित निकालेका छन्। 

सन् २०१८ मा भएको खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको थियो। जनावरी २०१९ मा भएको दुई देशबीचको सिरिजको पहिलो खेलमा युएई ३ विकेटले विजयी भएको थियो।

सिरिजको पछिल्ला दुई खेलमा भने नेपाल विजयी हुँदै सिरिज २-१ ले जितेको थियो। नेपालले दोस्रो खेलमा १४५ रन र तेस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो। 

लिग-२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक  छ।

चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ९ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १४ खेल खेल्दा अंक जोड्न सकेको छैन।

लिग-२ मा नेपालले आफ्नो तेस्रो सिरिज खेल्न लागेको हो। नौं सिरिजमध्ये दुई सिरिज खेल्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ। 

यसअघि नेपालले अमेरिका र ओमानविरूद्ध दुई सिरिज खेलिसकेको छ। दुवै सिरिजमा नेपालले दुई दुई खेलमा जित हात पारेको थियो भने दुई दुई खेलमा पराजित भएको थियो। 

युएईमा सुरू सिरिजमा नेपालले दुवै टिमसँग दुई दुई गरी कुल चार एकदिवसीय खेल खेल्नेछ। 

सिरिजमा चार मध्ये तीन खेलमा जित हात पारे नेपाल अंक तालिकामा दुई स्थान माथि उक्लनेछ। दुई खेलमा मात्र जित हात पारेको अवस्थामा भने नेपालको स्थान परिवर्तन हुनेछैन।

सबै खेलमा जित हात पारे नेपाललाई थप फाइदा पुग्नेछ, राम्रो रन रेट भएमा नेपालले स्कटल्यान्डलाई समेत पछि पार्न सक्नेछ।

सिरिजका लागि नेपालले श्रीलंकामा तयारी गरेको थियो। श्रीलंकामा तयारी गर्दा नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेलेको थियो। 

त्रिकोणात्मक सिरिज खेल तालिका

नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह-  नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई -  चैत ४- दुबई  
नेपाल भर्सेस युएई – चैत ७ - दुबई 
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई‍

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।