युनिभर्सल पिस फेडेरेसनको पाँचौ-याली अफ होप सम्पन्न
काठमाडौँ १८ फागुन- युनिभर्सल पिस फेडेरेसनले पाँचौं -याली अफ होप भव्यताका साथ सम्पन्न गरेको छ । कोरोना महामारीको कारण अनलाइन आयोजना गरिंँदै आएको -याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवा दिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरू आह्वान गरेका छन् ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. युन योङ्ग होका अनुसार महामारीको त्रासको कारण भर्चुअल रूपमा कार्यक्रम सञ्चालन गरिएको हो ।कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन गरेको छ । ¥याली अफ होपलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्रीमार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालयअन्तरगत खोप विज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै २ घण्टा ३० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बालकलाकार समूह दीलिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा १९४ मुलुकका २० लाख दर्शक सहभागीहरूलाई भर्चुअल टिकेट वितरण गरिएको थियो भने कार्यक्रमलाई अनलाइन तथा अन्य टेलिभिजन, सामाजिक सञ्जालमार्फत १० करोडभन्दा बढी दर्शकहरूले हेरेका थिए ।
कार्यक्रममा यूपीएफ कि सहसंसापक, डा. हाकजाहानमुन ले सोमबार मानवताले भोग्नु परेको आधारभूत समस्याहरूको जड भनेको स्वार्थी इच्छाहरू र असीमित लोभ भएको भन्ने कुरालाई पटक पटक दो¥याएकी थिइन् ।