साना किसान लघुवित्तको १२ हजार कित्ता शेयर लिलामीमा बिक्रि
काठमाडौं १८ फागुन । साना किसान लघुवित्त वित्तीय संस्थाको शेयर लिलामीमा बिक्री हुने भएको छ । लघुवित्तले हकप्रद शेयर जारी गर्ने क्रममा बिक्री नभएका करिब साढे १२ हजार कित्ता शेयर बढाबढ बोलकबोलमा लिलामी हुन लागेको हो ।
सो शेयरमध्ये ३ हजार ३ सय ६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता साधारण शेयर रहेको छ । यो शेयरको न्यूनतम कबोल मूल्य १ सय रुपैयाँ रहेको छ ।
साना किसान लघुवित्त वित्तीय संस्थाको शेयरका लागि चैत १३ गतेसम्म नबिल इन्भेष्टमेन्टको कार्यालय वा साना किसान लघुवित्तका तोकिएका कार्यालयबाट फाराम प्राप्त गरी आवेदन दिन सकिन्छ । अहिले यो कम्पनीको साधारण शेयर दोस्रो बजारमा १ हजार ६ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।