image
image

मिसियो सपिङ गर्दा ५१% छुट, फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी 

काठमाडौँ १८ फागुन- अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियो खरिद गर्दा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ । मिसियो नेपालले मार्च १ देखि ५ सम्म लागु हुने गरी यो अफर सार्वजनिक गरेको हो । मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफरको फाइदा लिन सकिने सञ्चालक रञ्जु तण्डुकारले जानकारी दिइन् ।

अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।

यसैगरी मिसियो नेपालले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी ल्याएको ‘वेयर नाउ पे लेटर’ अफरलाई समेत निरन्तरता दिएको छ । ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।