image
image

हुलास स्टीलद्वारा नयाँ कर्कट पाता गल्भाअलुमको उत्पादन शुरू

काठमाडौं १८ फागुन । हुलास स्टिल इन्डस्ट्रिजले नयाँ प्रकृतिको छाना छाउने कर्कट पाता गल्भाअलुम उत्पादन  सुरु गरेको छ । उद्योगले बजारमा गल्भाअलुम  ड्युराकलरको ब्रान्डमा बिक्री वितरण गर्नेछ ।  

गल्भाअलुम कर्कट पाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कटिङ गरी उत्पादन गरिने हुँदा साधारण कर्कट पाताको तुलनामा गल्भाअलुममा जंक प्रतिरोधी क्षमता ३ गुणा बढी हुने दाबी कम्पनीले गरेको छ ।

गल्भाअलुम रंगीन कर्कट पाता हुलास ड्युराकलरको ब्रान्डमा उपलब्ध   हुनेछ । नेपालमा पहिलो पटक अस्ट्रेलियन प्रविधिको कटिङ प्रयोगमा ल्याइएकाले कर्कट पाताको टिकाउपन ३ गुणा बढी हुने कम्पनीले बताएको छ ।

हुलास गल्भाअलुम र हुलास ड्युराकलर  कर्कट पाता नेपाली बजारमा कम्पनीकै डिलर, डिपो तथा शाखा कार्यालयमा उपलब्ध गराइएको छ ।

हुलास स्टिलले सन् १९८१ मा स्थापना भई पहिलो पटक जापानी प्रविधिबाट कर्कट पाता उत्पादन गरेको थियो भने सन् १९८९ मा नेपालमै पहिलो पटक रंगीन कर्कट पाताको उत्पादन सुरु गरेको थियो ।

हाल हुलास स्टिलले कालो पाइप, जीआई पाइप, इलेक्ट्रिक पोल, सट्टर र डेकिङ प्रोफाइल्सलगायत उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।