image
image

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ १८ फागुन- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ ।निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल-मट्टीतेल तथा हवाई इन्धनको मूल्य २ रुपैयाँ बढाएको हो । गत ४ फागुनमा निगमले मूल्य वृद्धि गरेर पेट्रोल प्रतिलिटर ११४, डिजेल-मट्टीतेल ९७ र हवाई इन्धनको ६७ रुपैयाँ पु-याएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल-मट्टीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ । निगमले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । माघको अन्तिम साता मूल्य वृद्धि गरेको निगमले फेरि ४ फागुनमा मूल्य वृद्धि गरेको थियो ।
निगमले मूल्य वृद्धि गर्दासमेत पाक्षिक रुपमा मासिक रुपमा ८६ करोड ७८ लाख निगमलाई घाटा रहेको बताइको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमिक रुपमा वृद्धि हुँदै गएकाले हाल मार्च १ मा इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य १६ फेब्रुअरीको तुनालमा वृद्धि भएर आएको र सो अनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिकरुपमा १ अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको देखिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।