image
image

भारतमा थप १३ हजार १६६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३, फागुन । भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । 

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।