image
image

उकालो लाग्यो शेयर बजार 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दिन उकालो लागेको छ । पछिल्लो २ कारोबार दिनसम्म घटेको बजारले सोमबार सकारात्मक लय समातेको हो । सोमबार शेयर बजार परिसूचक (नेप्से) ४०.५४ अंकले वृद्धि भएर २ हजार ५ सय १५ दशमलव ०३ अंकमा पुगेको छ

यो दिन बजारमा १ करोड १८ लाख कित्ता शेयर बिक्री हुँदा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज बजारमा १ सय ७४ कम्पनीको कारोबार भएकोमा १ सय ६३ कम्पनीको मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्य स्थिर रहँदा ४ वटा कम्पनीको मात्रै मूल्य घटेको छ । 

बजारमा आज सर्वाधिक चन्द्रागिरी हिल्सको मूल्य सकारात्मक सर्किट लागेको छ । ४० अंकले बजार बढ्दा पनि अरु कम्पनीको भने सर्किट लागेको छैन । सबैभन्दा बढी गुमाएको सिटिजन्स म्युचुअल फण्डको मूल्य १.८४ प्रतिशतले मात्रै घटेको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।