image
image

१८ करोड लगानीमा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा ल्याइने

सिन्धुपाल्चोक । खानेपानीको अभाव रहेको सिन्धुपाल्चोकको साँगाचोकमा १८ करोड रुपैयाँ लगानीमा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ । निर्माणाधीन आयोजनाबाट आगामी वैशाखदेखि उपभोक्तालाई पानी उपलब्ध गराउने गरी काम भइरहेको बताइएको छ ।     

आयोजना गत असारमै सम्पन्न गर्नेगरी २ वर्षको अवधि तोकेर ठेक्का सम्झौता भए पनि कोभिड–१९ का कारण १० महीनापछि सरेको हो । वैशाखमा उपभोक्ताको घरघरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताए ।     

आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का २ हजार २२२ घरपरिवारले निजी धारा जडान गरी पानी उपभोग गर्न पाउनेछन् । २०७२ को भूकम्पले साविकको मुहान सुकेर खानेपानीको अभाव भएपछि गाउँभन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरू गरिएको थियो । 

मुहानको पानीलाई एकैपटक माथि तान्न सम्भव नभएपछि बीचमा इन्टेक बनाई चार तहबाट पानी तान्ने योजना अनुसार काम भइरहेको छ । संकलित पानी शुद्धीकरण गरी ५० देखि २ लाख लिटर क्षमताका १४ ओटा ट्यांकीमार्फत वितरण गरिनेछ । पानी तान्न ५० र १०० केभीएको चार ट्रान्सफर्मर जडान गरिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।