नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३, फागुन । नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन्। एक हजार ८३५ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। ४ हजार २५६ जनामा पिसिआर गर्दा ४९८ जनामा र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो।
अहिलेदेशभर १९ हजार ४ सय सक्रिय संक्रमित छन्।









