सिमेन्ट तथा क्लिंकर आयात बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा रू. २ अर्ब ५५ करोड बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । नेपाली सिमेन्ट तथा क्लिंकर उद्योगहरू आंशिक रूपमा सञ्चालन भई पूर्ण क्षमतामा उत्पादन नभएपछि आत्मनिर्भर उन्मुख र बढी लगानी भएको यो क्षेत्रमै आयात बढ्दो क्रममा देखिएको छ ।
चालू आवको पहिलो महीना साउनमा रू. ५१ करोड ३४ लाख मूल्यको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । गत आव २०७६/७७ को साउनमा रू. २४ करोड ४२ लाख मूल्य बराबरको सिमेन्ट तथा क्लिंकर आयात गरेको थियो ।
नेपालमा पूर्वाधार निर्माणको सिजन शुरू भएसँगै भारतबाट यी वस्तुको आयात पनि क्रमिक रूपमा बढ्दै आएको छ । कात्तिकदेखि जेठ अन्तिमसम्म पूर्वाधार निर्माणको सिजन मानिए पनि मङ्सिरदेखि मात्रै निर्माण अघि बढ्ने गरेको पाइन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार कात्तिकमा यी वस्तुको आयात शून्यप्रायः रहेको छ । तर, मङ्सिरदेखि भने सिमेन्ट तथा क्लिंकरको आयातमा शुरू महीनाको तुलनामा बढ्दो क्रममा रहेको छ । विभागका अनुसार चालू आवको असोजमा रू. १ अर्ब ९ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएकोमा मङ्सिरसम्म आइपुग्दा आयात बढेर रू. १ अर्ब ४१ करोड पुगेको छ । यो क्रम वृद्धि हुँदै आएको छ । माघसम्म आइपुग्दा साढे २ अर्बभन्दा बढीको सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।
सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका कम्पनीहरू पूर्णरूपमा सिमेन्ट उत्पादनमा केन्द्रित हुँदा भएको क्लिंकर पनि विक्री गर्न नसकेको तथा केही व्यवसायीहरूमार्फत क्लिंकर आयात भएको व्यवसायी बताउँछन् ।
अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले केही महीनाअघि मात्रै आयात भए पनि पूर्वमा सौर्य सिमेन्टले उत्पादन थालिसकेको र अन्य उद्योगहरूले पनि उत्पादन बढाउन थालेकाले अब आयात दर घट्ने दाबी गरे ।
‘केही समयका लागि सिमेन्टको कच्चा पदार्थको जोहो कम्पनीहरूले गर्दा आयात बढेको देखिन्छ,’ न्यौपानेले भने ।