काठमाडौं उपत्यकामा थपिए ३२९ संक्रमित
काठमाडौँ, २७, माघ । काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा १२ हजार ६५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७१७०, ललितपुरमा ३४३१ र भक्तपुरमा १४६४ सक्रिय संक्रमित छन्।









