उपत्यकामा ४३७ संक्रमित थपिए
काठमाडौँ, २४, माघ । काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा १९ हजार १०४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९३९६, भक्तपुरमा २६७२ र ललितपुरमा ७०३६ सक्रिय संक्रमित छन्।









