भन्सार कर बुझाउन नसक्दा चीनमै रोकिए २५ वटा विद्युतीय बस
काठमाडौँ । आर्थिक अभावका कारण २५ वटा विद्युतीय बस चीनमा रोकिएका छन। सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको तर भन्सार कर बुुझाउन नसक्दा बसहरु चीनमै रोकिएका हुन् ।
करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुुगेको सुुन्दर यातायात प्रालिले जनाएको छ । ४० सिट क्षमताका २५ वटा बसहरू तयारी अवस्थामा रहेको भएता पनि भन्सार करको जोहो गर्न नसक्दा आफूहरू समस्यामा परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
उनले '२५ वटा बसको भुक्तानी दिइसकेको भएपनि पाँच करोड रुपियाँ पनि भन्सार बुझाउन लाग्ने भएकाले रकम अभावमा बस ल्याउन नसकेको बताए । जग्गा जमिन धितो राखेर बैङ्कबाट ऋण ल्याउन खोजेको तर बैङ्कले विद्युुतीय बसलाई लोन नदिने दिने व्यवस्था छैन भनेर दिइरहेका छैनन्, धितो राख्दा पनि विद्युतीय बसले लोन पाउनसकेको छैन । ” बैङ्कहरूले विभिन्न बहाना बनाएर पन्छाइरहेको उनले बताए।
सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक रत्नपार्क सञ्चालन गरिरहेको छ । ती बसहरू यूरो स्टयान्डर्सका हुन् । चितवनमा पनि विद्युतीय बसहरू सञ्चालन गर्ने सुन्दर यातायातको योजना छ ।