image
image

जडिबुटी निकासी हालसम्मकै बढी : एक करोड पचहत्तर लाख राजस्व संकलन 

काठमाडौँ । आम्दानीको मुख्य श्रोतका रुपमा रहेको जडिबुटीबाट यसवर्ष सरकारलाई हालसम्मकै बढी राजस्व संकलन भएको छ । जटामासीको नयाँ पंञ्चबर्षीय कार्ययोजना बनेर जडिबुटी निकासी सहज भएपछि राजस्व संकलनमा बृद्धि भएको हो ।

जटामासीबाट मात्र यसवर्ष एक करोड पचहत्तर लाख रुपियाँ राजस्व संकलन भएको डिभिजन बन कार्यालयका प्रमुख निरज झाले बताए। एक वर्ष अगाडी जटामासी जडिबुटीका लागि पंञ्चवर्षीय योजना निर्माण भएपछि यसवर्ष मात्र तीन हजार पाँच सय क्वीन्टल जटामासी संकलन भएर निकासी हुँदा राजस्व संकलन धेरै भएको होे । 

जटामासीको राजस्व प्रतिकेजी पचास रुपियाँ लाग्ने गर्छ । यसवर्ष हालसम्मकै सबैभन्दा बढी जडिबुटी निकासी भएको हुँदा राजस्व संकलनमा उल्लेख्य बृद्धि भएको हो। गतवर्ष दुई हजार क्वीन्टल जडिबुटी निकासी हुँदा एक करोड रुपियाँ राजस्व संकलन भएको थियो । त्यसैगरि डिभिजन बन कार्यालयका अनुसार २०७३ सालमा १५ लाख, २०७४ सालमा १७ लाख र २०७५ सालमा १५ लाख राजस्व संकलन भएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।