image
image

ह्वात्तै घट्यो अदुवाको भाउ,भारत निर्यात हुन सकेन

धरान। भारतले अदुवा आयात खुल्ला गरे पनि नेपालमा उत्पादन भएको अदुवा भारत निर्यात हुन सकेको छैन । विगतमा जस्तो भारतले आयातमा प्रतिबन्ध लगाएर नभई अदुवाको भाउ ह्वात्तै घटेका कारण कारोबार ठप्प हुँदा भारत निर्यात हुन नसकेको हो । 

धरानको कृषि उपज बजारका अनुसार विगत वर्षहरूको तुलनामा कृषि बजारमा पूर्वी पहाडी क्षेत्रबाट अदुवा कम भित्रिएको छ । आव ०७६/ ०७७ मा प्रतिकेजी १२० रूपियाँ पर्ने अदुवा आव ०७७/ ०७८ मा घटेर प्रतिकेजी २८ रूपियाँमा झरेपछि कृषकहरूले उत्पादन गरेको अदुवा बजारमा आउन कम भएको कृषि उपज बजारले बताएको छ ।

भारतले आफैं अदुवा उत्पादन गरेर नेपालको अदुवा खरीद नगर्दा अदुवा भारततर्फ निर्यात हुन नसकेको व्यापारीहरूको भनाइ छ। 
गएको तीनवर्षको तथ्याङ्कलाई हेर्ने हो भने यो वर्ष अदुवा सबैभन्दा कम मूल्य र सबैभन्दा कम कारोबार भएको कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनकाअनुसार आव ०७५/ ०७६ मा मूल्य ८० रूपियाँ हुँदा ८ हजार ५४२ मेट्रिक टन अदुवा कृषि बजारबाट कारोबार भएको थियो । यस्तै आव ०७६/ ०७७मूल्य बढेर प्रतिकेजी १२० रुपियाँ पुग्दा कारोबार बढेर १० हजार ५८९ मेट्रिक टन अदुवाको कारोबार भएको थियो । उनले आव ०७७/ ०७८ मा वर्ष ११ हजार मेट्रिक टन अदुवा कृषि बजारबाट मात्र कारोबार हुने अनुमान गरे पनि अदुवाको मूल्यमा गिरावट आएपछि बजारले हालसम्म ५ हजार ४३० मेट्रिक टन अदुवाको काराबोर भएको बताए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।