'सरकारले इन्टरनेटको मूल्य घटाउने बिषयमा काम गरिरहेको छ': सञ्चारमन्त्री गुरुङ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रयोगको मूल्य घटाउने विषयमा मन्त्रालयले आवश्यक अध्ययन र गृहकार्य गरिरहेको बताएका छन्।
कम्प्युटर एसोसियसन नेपाल महासंघको २७ औं साधारणसभामा बोल्दै शनिबार उनले छिटै इन्टरनेटको मूल्य घटाउने विषयमा सरकारले निर्णय गर्ने बताए।
इन्टरनेटको प्रयोग र दायरा विस्तार भइरहेको अवस्थामा यसको मूल्य महँगो भएको भन्दै मन्त्री गुरुङले सरकारले यसलाई घटाउने दिशामा काम गरिरहेको बताए।
आइएसपीहरुले पनि यसअघि नै इन्टरनेटमा लाग्दै आएको चर्को करका कारण सेवा महँगो हुन पुगेको भन्दै घटाउन माग गर्दै आएका छन्।