image
image

वर्ल्डलिंकको सद्भावनादूतमा शृंखला नियुक्त 

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले कम्पनीको सद्भावनादूतमा शृंखला खतिवडालाई नियुक्त गरेको छ । कम्पनीले आकर्षक व्यक्तित्वकी धनी, समाजसेवामा समर्पित तथा मिस नेपाल–२०१८ की विजेता खतिवडालाई आफ्नो सद्भावना दूत बनाएको हो ।

'कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा शृंखलाजीले सद्भावनादूतका रूपमा हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं' वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने। उत्तम विचारसँगै सुन्दरता अनि सामाजिक हितका लागि आफ्नो ऊर्जाशिल समय दिने प्रतिभाशाली व्यत्ति भएको उल्लेख गर्दै उनले सँगै काम गर्दा कम्पनीका सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रेसित हुने अपेक्षा व्यक्त गरे ।

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले नेपालको नम्बर एक ब्रोडब्याण्ड इन्टरनेट सेवाप्रदायकका रूपमा नेपालभर विस्तारित सेवाप्रति कम्पनीको सरहना गरिन् । उनले भनिन्, ‘यस्तो कम्पनीको सद्भावनादूत हुन पाएकामा म निकै खुशी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्‍याइरहेको संस्था पनि हो ।’

कम्पनी समाज हितका विभिन्न क्रियाकलापमा समेत संलग्न हुँदै आइरहेको उल्लेख गर्दै उनले नयाँ काम तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत समेत बनिरहेको बताइन् ।

सन् २०१८ मा मिस नेपाल विजेता बनेकी खतिवडा ‘मिस वर्ल्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा समेत गरेकी थिइन् । जसमा उनी उत्कृष्ट १२ औंमा पर्न सफल भएकी थिइन् । उनलाई “ब्युटी विथ अ पर्पोज अवार्ड” विजेता पनि घोषित गरिएको थियो । यसबाहेक उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित भइसकेकी छिन् ।

सम्झौता हस्ताक्षर कार्यक्रम जावलाखेल स्थित वर्ल्डलिङ्कको मुख्य कार्यालयमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशक मनोज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।