आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केहिदिन देखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो।
शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ५ सयले घटेर प्रतितोला ८८ हजार ३ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज तेजावी सुन प्रतितोला ८७ हजार ८ सय ५० रुपैंया कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ५५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३ सय २५ पुगेको महासंघले जनाएको छ ।