आजदेखि निफ्राको कारोबार लगानी समूहमा हुने
काठमाडौं । नेप्सेमा आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार लगानी समूहमा हुने भएको छ । यससंगै लगानी समूहमा नागरिक लगानी कोष (सीआइटी), एनआरएन इन्फ्रास्ट्रक्चर बैंक (एनआरएन) र जलवियुत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)लाई समावेश गरिएको छ ।
आजदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गरेको नेप्सेले जनाएको छ । यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।
त्यस्तै, होटल समूहको नाम परिवर्तन गरि होटल तथा पर्यटन समूह कायम गरिएको छ। यस अघि अन्य समूहमा सूचीकृत चन्द्रागिरि हिल्स (सीजीएच)को सेयरलाई यसै समूहमा राखिएको छ। यस अघि यो समूहमा सोल्टी, हायात, याक एण्ड यती र र्याडिसन होटल रहेका थिए।