कुखुराको दानाको मूल्य बढाउने तयारी
काठमाडौँ । नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो ।
गत माघमा मात्र प्रतिकिलो २ रुपैयाँले मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपैयाँ बढाउने तयारी गरेको छ । अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ (भटमास)को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । अबको २ साताभित्र दानाको मूल्य बढाईने छ ।
मङ्सिरमा प्रतिकिलो ६५ रुपैयाँ रहेको भटमासको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । अहिले भटमासको मूल्य बढ्नुपर्ने खास कारण नभए पनि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको बहानामा व्यापारीहरूले मूल्यवृद्धि गरेको बताइएको छ ।
अहिले ‘बी जिरो’ दानाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, ‘बी वान’को मूल्य प्रतिकिलो ६१ रुपैयाँ, ‘बी टू’को मूल्य प्रतिकिलो ६० रुपैयाँ र ‘बी थ्री’को मूल्य प्रतिकिलो ५९ रुपैयाँ छ । मूल्य बढेसँगै सबै प्रकारको दानाको प्रतिकिलो मूल्य क्रमशः ६४, ६३, ६२ र ६१ रुपैयाँ पुग्नेछ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात गरिन्छ ।
दानाका लागि वार्षिक मागको ९९ प्रतिशत भटमास र ७० प्रतिशत मकै बाह्य मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ ।