image

नेप्सेमा सूचिकृत कम्पनीको नयाँ समूह थप

काठमाडौँ - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत कम्पनीको नयाँ समूह थप भएको छ । नेप्सेले अन्य समूहमा रहेका चार कम्पनीलाई झिकेर लगानी समूह बनाएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

आइतबारबाट लगानी समूहको सूचक गणना हुने कम्पनीहरूमा नागरिक लगानी कोष (सीआईटी), हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), नेपाल इन्फ्राइस्टक्चर बैंक (निफ्रा) एनआरएन इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एनआरएन) राखिएको छ । नेप्सेले निफ्रालाई पहिलो दिन विकास बैंक समूहमा राखे पनि भोलिपल्ट अन्य समूहमा सारेको थियो । तर आइतबारदेखि निफ्रा लगानी समूहअन्तर्गत कारोबार हुनेछ ।

तर, यसरी नयाँ समूह थप्दै गर्दा सेयर बजार परिसूचक नेप्से इन्डेक्सको गणनामा भने फेरि एकपटक शुद्धताको प्रश्न उठ्नेछ । यसअघि नेप्सेले विकास बैंकबाट छुट्याएर माइक्रोफाइनान्स, इन्स्योरेन्सबाट छुट्याएर जीवन र निर्जीवन बिमाको अलग–अलग समूह बनाएको थियो । यसरी नयाँ समूह बनाउँदा इन्डेक्सको गणनामा फरक परेका कारण इन्डेक्स मात्र बढेको तर सेयर मूल्य नबढेको गुनासो रहँदै आएको छ । नेप्से भने नयाँ समूह बनाउँदा यसबाट समग्र नेप्से परिसूचकको गणनामा फरक नपर्ने बताउँदै आएको छ ।

सेयर बजारमा परिसूचकमात्र बढ्ने तर सेयरको मूल्य भने नबढेको भन्दै पछिल्ला दिनमा इन्डेक्सको शुद्धतामा प्रश्न उठे पनि नेप्सेका प्रवक्ता मुराहरि पराजुली बजारमा नयाँ नयाँ प्रकृतिका कम्पनी थपिएकाले कम्पनीहरूको नयाँ समूह निर्माण गरिएको बताउँछन् । नयाँ समूहको इन्डेक्सले समग्र इन्डेक्सको गणनामा फरक नपर्ने उनको दाबी छ । “प्रकृतिअनुसार नेप्सेले बेलाबेलामा कम्पनीहरूको समूह निर्माण गर्दै आएको छ,” उनले भने, “अन्य समूहमा रहेका विषय मिल्ने चार कम्पनीलाई झिकेर नयाँ समूह बनाइएको हो । यसबाट समग्र इन्डेक्समा फरक पर्दैन ।”

यसैगरी नेप्सेले होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन बनाएको छ । यस समूहमा अन्य समूहबाट छिकेर चन्द्रागिरि हिल्सलाई पनि सारेको छ ।
नेप्सेमा हालसम्म सूचिकृत २१८ कम्पनीलाई १२ समूहमा विभाजन गरी परिसूचक गणना हँुदै आएको थियो । आइतबारबाट समग्र बजार मापन गर्ने नेप्सेसहित १६ वटा परिसूचक गणना तथा प्रकाशित हुनेछ ।

नयाँ सूचकले लगानीकर्तालाई बजारको विश्लेषण गर्न सजिलो हुने सेयर विश्लेषक हरिबोल काफ्ले बताउँछन् । “अन्य समूह बनाएर विभिन्न प्रकृतिका कम्पनीलाई एकै ठाउँमा राखिएको थियो,” उनले भने, “नयाँ समूह थप हुँदा सब इन्डेक्स थप पारदर्शी हुने र यसबाट लगानीकर्तालाई बजार विश्लेषण गर्न सजिलो हुनेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।