image
image

खपत कम हुँदा घटाइयो चिज उत्पादन 

काठमाडौँ १४ फागुन- कोरोनाका कारण चौरीगाईको  दुधबाट उत्पादित चिजको खपतमा कमि भएको छ । खपतमा कमि आएसँगै उत्पादन पनि घटाईएको चन्दनबारीको चिज उत्पादन केन्द्रले जानकारी दिएको छ ।


वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत प्रमुखहरूले बताए । प्रतिकेजी रु एक हजार ६०० कायम भएको चिजको बिक्री मूल्य रु २०० घटाई हाल एक हजार ४०० कायम भएको बताइन्छ । चौरी पालक  कृषकको सङ्ख्या करिब ५०० को हाराहारीमा रहेका छन् ।

केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी गराइएको हो । गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष छ हजार ५०० केजी चिज एवं दुई हजार २०० केजी मखन मात्र उत्पादन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।