image
image

उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि समिति बिस्तार

काठमाडौँ १४ फागुन- नेपाल उद्योग वाणिज्य महासंघले सूचना तथा सञ्चार प्रविधि विकास समिती विस्तार गरेको छ ।  उक्त समितिमा सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धिताल र नेपाल सरकारका पूर्वसहसचिव वीरेन्द्र मिश्र छन् ।

त्यस्तै समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका दीपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी र नेपाली युवा उद्यमी मञ्चका सुरक्षा अधिकारी छन् । 

प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको बताए । ।उनले आइसीटीको विकासका लागि प्राथमिकता तय गर्न समितिलाई सुझाव पनि  दिए।  
 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।