image
image

बढ्दै क्यूआर कोडको प्रयोग;पशुपतिमा सुरु भयो क्यूआर कोड सेवा 

काठमाडौँ माघ २१ । पछील्लो समय क्यूआर कोडको प्रयोग बढ्दै गइरहेको छ । तरकारी तथा फलफूल पसलको भुक्तानी देखि यातायातमा भाडा समेत  क्यूआर कोड मार्फत तिर्न सकिने भएको छ । त्यस्तै अब पशुपतिमा पनि क्युअर कोड मार्फत स्क्यान गरेर दान गर्न सक्ने व्यवस्था  भएको छ ।

 पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ । 

पशुपति क्षेत्रमा बैंक अफ काठमाण्डूले एक कार्यक्रम आयोजना गरी डिजिटल भुक्तानी कार्यक्रम अन्तर्गत दानपात्र बक्सको सुरुवात गरेको हो  । पशुपतिमा दर्शन गर्न जाने भक्तजनले सहजै र सुरक्षित तरिकाले रकम भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले डिजिटल दानपत्रको सुरुवात गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।