image
image

उपत्यकामा फेरि देखियो बर्डफ्लु, सचेत रहन आग्रह 

काठमाडौं १४ फागुन । काठमाडौं उपत्यकामा फेरि बर्डफ्लु देखा परेको छ । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा  बर्ड फ्लु देखा परेको हो  । शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको तारकेश्वर नगरपालिकाले जनाएको छ ।

बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।बर्डफ्लुको संक्रमण देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत गराइएको विभागले जनाएको छ । 

अहिले सम्म पाँच वटा फर्ममा बर्डफ्लुको संक्रमण देखिएको र ती फर्महरुमा पालिएका कुखुरा, चल्ला र दाना समेत नष्ट गरिएको तारकेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै केही दिन अघि सोही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि करिब १४ वटा हाँस नष्ट गरिएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।