image
image

‘सानिमा लार्ज क्याप फण्ड’को १० करोड इकाई आजबाट खुल्ला

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने 'सानिमा लार्ज क्याप फण्ड' इकाईको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

'सानिमा लार्ज क्याप फण्ड' इकाईको सार्वजनिक निष्कासन तथा बिक्री आजबाट खुल्ला भएको हो। रु. १० दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्कासन तथा विक्री खुल्ला गरिएको सानिमा म्युचुअल फण्डले जनाएको छ।

 फण्डले १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखिसकेको छ ।

शुक्रबारबारा खुल्ला भएको सानिमा लार्ज क्याप फण्डका लागि माघ १५ गते सम्म आवेदन दिन सकिनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाईन प्रणलीमार्फत दिन सकिने बताइएको छ।       

उक्त अवधिमा सम्पूर्ण इकाईको लागि आवेदन नपरेमा माघ २६ गतेसम्म समय थप गरिनेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।