कुमारी इक्विटी फण्डको ८ करोड इकाई बिक्री खुला
काठमाडौं १४ फागुन । कुमारी क्यापिटलले आज (फागुन १४ गते) देखि सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ। कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटलले शुक्रबारबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८ करोड इकाई निश्कासन गरेको हो । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।
त्यस्तै कम्पनीले कुल ८ करोड इकाई मध्ये सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई र १ करोड २० लाख इकाई बैंकलाई छुट्टयाएको जनाएको छ ।फागुन १८ गतेसम्म बिक्री जारी रहने उक्त म्युचुअल फण्डको बन्द अवधि १० वर्ष रहेको जनाइएको छ । १० वर्षपछि उक्त इकाईको मूल्य बराबरको रकम बाँडफाँट गरेर लगानीकर्तालाई फिर्ता गरिने कम्पनीले जनाएको छ ।