९० लाख टन कार्बनडाइअक्साइड बेच्न विश्व बैंकसँग सम्झौता, कतिको दरले हुँदै छ बिक्रि ?
काठमाडौँ १४ फागुन- सरकारले विश्व बैंकसँग कार्बनडाइअक्साइड बेच्न सम्झौता गरेको छ । रूखले सोसेर राखेको कार्बनडाइअक्साइड प्रतिटन ५ अमेरिकी डलरका दरले बिक्रि गर्न सम्झौता भएको हो । गत बुधबार सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदद–जेर्भोसले हस्ताक्षर गरेसँगै सम्झौता भएको हो ।
प्रवक्ता सहसचिव प्रकाश लम्सालका अनुसार नेपालले ९० लाख टन कार्बनडाइअक्साइडको करिब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर) प्राप्त गर्नेछ । वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले उक्त रकम प्राप्त गर्न लागेको हो । वाग्मतीदेखि पश्चिमका तराईका १३ जिल्लामा सञ्चित हुने कार्बन खरिद गर्न विश्व बैंकले डेढ वर्षअघि नै सहमति जनाएको थियो ।
केन्द्रका प्रमुख एवं सहसचिव बुद्धिसागर पौडेलका अनुसार सम्झौता अहिले भए पनि विश्व बैंकले २०७५ असार ८ (सन् २०१८ जुन २२) देखिकै कार्बनडाइअक्साइडलाई आधार मानेर रकम दिइने सम्झौतामा उल्लेख छ । त्यस्तै सम्झौता अवधि भने २०८१ पुस १६ (सन् २०२४ डिसेम्बर) सम्म तोकिएको छ । कार्बनडाइअक्साइड बिक्रीबाट आएको रकम वन संरक्षणमा योगदान पुर्याएका संस्थामै खर्च हुने पौडेलले बताएका छन् ।