महिला लघुवित्तको आइपिओ बाँडफाँड, कतिले पाए ?
काठमाडौँ १४ फागुन- महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । सेयर भर्ने मध्य ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जारी गरेको उक्त सेयरको आवेदन कुल १५ लाख ४० हजार ३५ जनाले दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो भने आवेदकमध्ये १४ लाख ९९ हजार १ सय ८२ जनाको हात खाली भएको छ ।
माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेकोमा कुल १५ लाख ३६ हजार ६ सय ८२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो ।