सार्वजनिक भयो बजाजको नयाँ टेम्पो
काठमाडौं १४ फागुन । बजाज कम्पनीको आधिकारिक विक्रेता केसरीचन्द भवरलाल कम्पनीले तीनपांग्रे टेम्पो बजाज बीएस ६ बजारमा ल्याएको छ ।नेपालका लागि बजाज कम्पनीको अधिकृत बिक्रेता हंसराज एन्ड हुलासचन्दले आफ्ना डिलरमार्फत बिहीबार नेपालभर आरई बीएस ६ सार्वजनिक गरेको हो ।
पहिलेको बीएस ४ भन्दा अहिलेको गाडीमा धेरै फिचर थपिएको विराटनगरका बिक्रेता केसरीचन्द भवरलालका प्रोप्राइटर प्रशान्त तातेडले बताए ।उनका अनुसार ड्यासबोर्ड, २३६ सिसीको इन्जिन, प्यासेन्जरका लागि साइड ढोका, एमपीथ्री म्युजिक सिस्टमलगायत १० वटा फिचर थपिएर यसमा थपिएका छन् ।
विराटनगरको राधारमण मन्दिर बरगाछीमा रहेको सोरुममा नयाँ अटो सार्वजनिक गर्दै तातेडले सिटी सफारी चलाएर दिनभरिमा ५ देखि ८ सय रुपैयाँ मात्रै कमाउने चालकले यो अटोबाट दैनिक २ हजारसम्म बचत गर्न सक्ने दाबी गरे ।त्यस्तै ६ वटा विभिन्न कलरमा उपलब्ध अटोका लागि केसरीचन्द भवरलालले दुई वर्षे किस्तामा शून्य प्रतिशत ब्याजदरमै उपलब्ध गराएको छ । अटोको बजार मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ पर्छ ।