एसियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माण गरिँदै
काठमाडौँ १३ फागुन- एसियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणका लागि केही समय अघि बोलपत्र आह्वान गरिएको छ। सरकारले केही दिनअघि नै यस सुरुङमार्गको पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। पुनर्निमार्णका लागि अधिकतम ५ करोड रुपैयाँमा काम सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरेको मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय प्रमुख सहदेव बहादुर भण्डारीले जानकारी दिए। प्रस्ताव पेस भएसँगै छिट्टै पुनर्निर्माण हुने भएको छ ।
त्यस्तै यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राखेको छ। चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण गरिएको थियो। विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको छ। हाल पहिरोले एकतर्फको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको प्रमुख भण्डारी बताउँछन्।
स्वीट्जरल्याण्डका भूगोलशास्त्रीलाई पनि चुरियामाई सुरुङमार्गले आश्चर्यचकित बानाएको थियो । भूगोलशास्त्री टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।