image
image

अब आईपीओको रिजल्ट अनलाइन सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने

काठमाडौँ।  साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यसअघि सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने नपाइने व्यवस्था ल्याएको हो ।   

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिईओ पुर्णप्रसाद आचार्यले अब अनलाइन सञ्चार माध्यमहरुले आईपीओको रिजल्ट प्रकाशन गर्न नपाउने व्यवस्था गरिएको बताए ।  

लगानीकर्ताहरुले गोपनियता नभएको भन्दै बिरोध जनाएपछि यस्तो व्यवस्था गरिएको हो । अब आईपीओ जारी गर्ने संस्था, बिक्री प्रवन्धक र सिडिएस एण्ड क्लियरिङबाट मात्र आईपीओ रिजल्ट हेर्न सकिनेछ । त्यस्तै, महिला लघुवित्तको आईपीओ नतिजा पनि नयाँ व्यवस्था अनुसार नै हेर्न सकिने सिईओ आचार्यले  बताए ।  

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि आईपीओको नतिजा प्रकाशन गर्दै आइरहेका थिए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।