बढ्यो चिया निकासी, ७ महिनामा करिब ३ अर्बको निर्यात
काठमाडौं, १३ फागुन । पछिल्लो समय नेपाल बाट चिया निर्यात बढेको छ । भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार एक वर्ष अवधिमा चिया निकासीमा ६३ प्रतिशतको वृद्धि देखिएको हो ।
मुलुकबाट निकासीको सातौं स्थानमा रहेको चिया चालू आवको ७ महिनामा नेपालबाट करिब ३ अर्ब रुपैयाँ बराबरको नियास विभिन्न मुलुकमा निर्यात भएको छ । त्यस्तै माघ मसान्तसम्ममा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको करिब ९२ लाख ८१ केजी चिया निकासी भएको बताएका छन् ।
त्यस्तै गत आर्थिक वर्षको ७ महिनामा मुलुकबाट १ अर्ब ७९ करोडभन्दा बढीको चिया निर्यात भएको थियो । सो अवधिमा कुल १ अर्ब ७९ करोड २० लाख रुपैयाँभन्दा बढीको ७४ लाख ६ हजार किलो चिया निर्यात भएको थियो । चालू आर्थिक वर्षको ७ महिनामा नेपालबाट बाह्य मुलुकमा भएको कुल निकासीमा चियाको हिस्सा ४.१९ प्रतिशत रहेको छ ।