लकडाउन अगाडिका मागपत्रको अवधि ६ महिना थप गर्न माग
काठमाडौँ, ७, पुस । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउन अघि आएका मागपत्रमा अवधि थप गरी श्रम स्वीकृति दिन वैदेशिक रोजगार विभागसँग माग गरेकोे छ । सोमबार वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले उक्त माग गरेकोे हो ।
संघले लकडाउन अघि विभिन्न मुलुकबाट आएका कम्तीमा ३० हजार मागपत्रमा अवधि नाघेको भन्दै अन्तिम श्रम स्वीकृति नपाएको बताएको छ । संघले प्रमाणीकरण भई आएका मागपत्रमा कामदार जान नपाउँदा मुलुकलाई नै घाटा हुने दाबी समेत गरेकोे छ ।
संघका अनुसार लकडाउन अघि साउदी अरबबाट आएका १० हजार, कतारबाट आएका ८ हजार, यूएईबाट आएका ७ हजार र कुवेतबाट आएका ५ हजार डिमाण्डमा अन्तिम श्रम स्वीकृति हुन सकेको छैन । विभागले ती मागपत्रको अवधि सकिएको र नेपाली दूतावासबाट पुनः प्रमाणीकरण नभएको भन्दै ती डिमाण्डमा अन्तिम श्रम स्वीकृति दिएको छैन ।
नेपाली कामदारका लागि मागपत्र पठाएका विदेशस्थित रोजगारदाताले पुरानै डिमाण्डमा कामदार पठाउन नेपालस्थित वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गर्दै आएको भन्दै संघले विभागका महानिर्देशकले समस्याको व्यवहारिक समाधान गरिदिनु पर्ने माग गरेकोे छ ।
एक पटक प्रमाणीकरण भएर विभागको वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणालीमा अपलोड भएर आएका मागपत्रलाई पुनः नेपाली दूतावासबाट प्रमाणीकरण गराउन समय तथा साधन श्रोतले समेत खर्चिलो र झन्झटिलो देखिएको संघको भनाइ छ ।
विश्वव्यापी कोरोना महामारीपछि नेपाल सरकारले २०७६ साल फागुन २६ गतेदेखि श्रम स्वीकृति रोकेको, सोही वर्षको चैत ११ गतेदेखि नेपालमा पूर्णरूपमा लकडाउन भएको भन्दै संघले लकडाउन अघि आएका मागपत्रमा ६ महिनाको अवधि थप गर्नु जायज हुने समेत माग गरेको छ ।