डा. गोविन्द केसीको सत्याग्रह स्थगित
काठमाडौँ १२ फागुन- डा. गोविन्द केसीको सत्याग्रह स्थगित गरेको जानकारी गराएका छन् । विभिन्न माग राख्दै बेला बेला अनसन बस्दै आउनु भएका डा. गोविन्द केसीले संसद विघटनको विरोध गर्दै फागुन १२ देखि आफू सत्याग्रह बस्ने घोषणा गरेका थिए ।
डा. केसीले प्रेस विज्ञप्ति जारी गरेर तत्कालका लागि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले सत्याग्रह स्थगित गरेको स्पष्ट पारेका छन् । विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर जारी रहने केसीले स्पष्ट पारेका छन् ।









