image
image

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको थियो ।     

नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् । 

आज तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य झन्डै १० प्रतिशतले बढेको छ । 

यता निफ्राको शेयरमूल्य भने घटेको छ । निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ कायम भएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।