image
image

सिम्रिकले विमानस्थल बक्यौताको २ करोड २९ लाख तिर्न बाँकी, भुक्तानी नभएसम्म उडान गर्न नपाउने 

काठमाडौँ। नेपाल नागरिक उडययन प्राधिकरणलाई तिर्नुपर्ने विमानस्थल सेवाशुल्क वापतको बक्यौता रकम भुक्तानी गर्न नसक्दा सिम्रिक एयरलाइन्सले उडान गर्न नपाउने भएकोे छ । एयरले प्राधिकरणलाई विमानस्थल सेवा शुल्क वापतको २ करोड २९ लाख रूपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न नसक्दा उडान गर्न नपाउने भएको हो। 

कोरोना महामारीका कारण २०७६ चैतदेखि उडान बन्द भएको सिम्रिक एयरले अहिलेसम्म उडान भर्न सकेको छैन । कोरोना महामारीपछि अन्य यती, सौर्य, श्री, सिता, बुद्ध, तारा र समिट एयरलाइन्स कम्पनीले ६ महिनादेखि आन्तरिक उडान सुरु गरेको छ । 

उक्त एयरलाइन्स कम्पनीले सरकारले उडान गर्न दिएलगतै उडान सुरु गरेका थिए । तर, सिम्रिक एयरलाइन्सले विमानस्थल शुल्क वापतको बक्यौता भुक्तानी गर्न नसक्दा उडान रोकिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।