image
image

एप्पल बन्यो सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी

काठमाडौं १२ फागुन ।  मोबाइल फोनको विश्व बजारमा एप्पल सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको छ । हालै मात्र सार्वजनिक भएको सन् २०२० को चोथो त्रैमासिक अध्ययन प्रतिवेदनमा एप्पल पहिलो भएको हो ।आईफोन ट्वेल्भका कारणा एप्पल पहिलो बन्न सफल भएको छ ।

मार्केट ट्र्याकर कम्पनी गार्टनरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२० को चौथौ त्रैमासिकमा एप्पलले ७९.९ मिलियन अर्थात ७ करोड ९९ लाख थान आईफोन बिक्री गरेको छ ।जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । यसरी मोबाइल बिक्री गर्नेमा पहिलो बनेको एप्पलले चौथो त्रैमासिक अवधिमा विश्व मोबाइल बजारमा २०.८ प्रतिशत हिस्सा ओगटेको छ ।

यससँगै कम्पनी सन् २०१६ को चौथो त्रैमासिक पश्चात पहिलो पटक सबैभन्दा बढी मोबाइल बिक्री गर्ने कम्पनी भएको हो । अर्को तर्फ सामसङको व्यापार भने घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।