image
image

तिन कम्पनीको लिलामी शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

काठमाडौं १२ फागुन । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको तिन कम्पनीको लिलामी शेयरमा आवेदन दिने फागुन १२ गते बुधवार अन्तिम दिन रहेको छ । बैंकले माघ ८ गतेदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता ,माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयरमा विक्री खुला गरेको हो । 

यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक या जो कोही व्यक्ती तथा संस्थाले बुधवार कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले आरएमडिसी लघुवित्तको शेयरको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३ , माहुली लघुवित्तको प्रतिकित्ता रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता रू. ४६३  तोकेको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । मंगलवार महुँली सामुदायिक लघुवित्तको अन्तिम मूल्य रू. २ हजार ५०० , मेरो माइक्रोफाइनान्सको अन्तिम मूल्य रू. १ हजार १८५ र आरएमडीसी लघुवित्तको अन्तिम मूल्य रू. १ हजार १२० कायम भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।