अपि पावर कम्पनीको हकप्रद(राइट सेयर) निस्कन गर्ने निर्णय
काठमाडौँ १२ फागुन- अपि पावर कम्पनी लिमिटेडले २९ दशमलव ३८ प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासनको लागि फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो ।
मुक्तिनाथ क्यापिटल विक्री प्रबन्धक रहको अपि कम्पनिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको कम्पनीले सोही पूँजीको आधारमा हकप्रद शेयर विक्री गर्न लागेको हो । यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ ।
यस्तै कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।