लक्ष्य अनुसार धान खरिद गर्न नसक्दा चामल खरिद गर्दै खाद्य कम्पनी
काठमाडौँ १२ फागुन- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले ५ हजार मेट्रिक टन चामल खरिद गर्न लागिएको जानकारी दिएका छन् ।
यस अघी कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार विभिन्न जिल्लाबाट धान खरिद गरेको थियो । किसानले पहिलै नै व्यापारीलाई धान बिक्री गरिसकेकोले खरिद गर्न नपाएको कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीसँग मौज्दातमा धानसहित करिब ३० हजार मेट्रिक टन मात्रै खाद्यान्न बाँकी छ ।
त्यसतै कम्पनीले यो वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर अहिलेसम्म २४ हजार ५ सय ५५ मेट्रिक टनमात्र धान खरिद भएको छ । चालु वर्षमा ३० हजार मेट्रिक टनभन्दा बढी धान खरिद नहुने कम्पनीको भनाइ छ । गत वर्ष पनि कम्पनीले धान नपाएको भन्दै लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।
अहिले बजारमा व्यवसायिकरूपमा बढी बिक्री हुने स्टिम जिरा, स्टिम रन्जित, काला लुनिया, सोना मन्सुली, मार्सी का साथै बासमती लगायतको धान खरिद गरिरहेको छ । पाँच हजार मेट्रिक टन धान खरिद गर्नका लागि कम्पनीका मुख्य कार्यालय प्रादेशिक कार्यालय र शाखा कार्यालयका लागि स्टिम जिरा, अरुवा मोटो, बासमती, सोना मन्सुली, काला नुनिया र मार्सी चामल खरिद गर्न लागेको छ ।