image
image

फागुन लागेसँगै १ लाख १२ हजार बढीले खोले डिम्याट खाता 

काठमाडौँ। फागुन महिना लागे यता १ लाख १२ हजार ६४७ डिम्याट खाता खोलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार माघ मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या २८ लाख १३ हजार २५० रहेको थियो । फागुन ११ गतेसम्म यो संख्या २९ लाख २५ हजार ८९७ रहेको छ । 

धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै यो खाता खोल्नेको संख्या दैनिक १० हजारमाथी रहेको सिडिएससीका प्रबक्ता सुरेश न्यौपानको भनाई छ । बजारले निरन्तर गति लिईरहदा यस अघि अभौतिकरुपमा शेयर धारण गरेर बसेका लगानीकर्ताहरु पनि डिम्याट खोली शेयर अभौतिकीकरण गर्नेतर्फ सक्रिय रहेको समेत उनको भनाई छ ।  

निरन्तर चार वर्षदेखि घटेको बजार एक वर्षअघि देखि बढ्न थालेको हो । दोस्रो बजारले गति लिएसँगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको हो । सिडिएससीका अनुसार गत साउन मसान्तसम्म डिम्याट खाताको संख्या १८ लाख ५ हजार ६०७ रहेको थियो । साउन महिना यता ११ लाखभन्दा बढी हितग्राही खाता खोलिएको छ । 

प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएको शेयर खरिद गर्न होस या दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता अनिवार्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।